कानून मन्त्रालयको ६ महिने प्रगति, १६ वटा अध्यादेश जारी
काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ६ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले यो वर्ष १६ वटा अध्यादेश जारी गरेको उल्लेख छ। सो विवरणलाई उदृत गर्दै पत्रकारहरुले सरकारले संसद छलेर अध्यादेश जारी गर्ने र अध्यादेशबाट नै शासन चलाउने नीति लिएको हो भनी गरेको प्रश्नमा मन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश संसद नचलेको बेलामा जारी गर्ने संवैधानिक व्यवस्थाअनुसार जारी गरिएको बताए।
प्रतिक्रिया दिनुहोस्