एमालेको केन्द्रीय कमिटी ब्युँतने रासस। नेकपा(एमाले)ले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ। पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको आज सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो। आजको स्थायी कमिटीको बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था जटिल र संकटपूर्ण भएको निष्कर्षसहित केन्द्रीय कमिटीको बैठक १८गते आव्हान गर्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्