जो एमाले स्थायी कमिटीमा थपिए काठमाडौं। नेकपा एमालेको स्थायी कमिटीमा ८ जना थपिएका छन्। बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टी एकता हुँदा एमालेबाट थपिएका रघुवीर महाशेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त स्थायी समिति सदस्य थप भएका हुन्। यस्तै माओवादी परित्याग गरी एमालेमा आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा पनि स्थायी कमिटी सदस्य बनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्