संवैधानिक आयोगविरुद्ध सर्वाेच्चमा पूरक निवेदन रासस। सर्वाेच्च अदालतमा विभिन्न संवैधानिक निकायमा भएका नियुक्ति संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै ती निर्णय बदर गर्न आदेशको माग गर्दै पूरक निवेदन दर्ता गरिएको छ। राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषदलगायतलाई विपक्षी बनाई आज वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दायर गरेका हुन्। यसअघि संवैधानिक परिषदसम्बन्धि अध्यादेश र नियुक्तिविरुद्ध परेका रिट निवेदनको पूरकको रुपमा निवेदन दर्ता गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्