राष्ट्रियसभामा अध्यादेश पेस हुने, विपक्षीको यस्तो छ तयारी
काठमाडौं।राष्ट्रियसभाको आठौं अधिवेशनको आज पहिलो बैठकमा सरकारको तर्फबाट १२ वटा अध्यादेश पेस हुनेछन्।तर सरकारले पेस गर्ने अध्यादेशको विपक्षी दलहरुले विरोध गर्ने तयारी गरेका छन्। माओवादी केन्द्रका संसदीय दलका नेता दिनानाथ शर्माले भने,“अधिवेशन सुरु भएको पहिलो बैठकमा सरकारले अध्यादेश पेस गर्ने संवैधानिक व्यवस्था छ। यो स्वभाविक हो। कतिपय राम्रा पनि छन्। तर अदालतमा रिट परेको लगायत हाम्रो असहमतिका विधेयकमा विरोध रहन्छ।’
प्रतिक्रिया दिनुहोस्