प्रधानन्यायधीसको प्रश्न– देउवाको हकमा माओवादी, कांग्रेस, अन्य दलको समर्थन छ, कसरी गल्ती भयो?
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटन सम्बन्धी बहसका क्रममा प्रश्न गरे, “धारा७६(२) दलहरूको हो, ५ ओपन हो। देउवाको हकमा हेर्दा माओवादी र कांग्रेसको समर्थन पनि छ, अरु दलको पनि छ, कसरी गल्ती भयो? कुरा के हो?” उत्तर दिँदै पूर्वमहान्यायाधिवक्ता अग्नि खेरलले भने,“राजनीतिक दलसम्बन्धी कानून छ,७६(५)अनुसार दललाई ह्वीप लाग्छ, ह्वीपविपरीत सांसद जान्छन् भन्ने कल्पना गर्न सकिँदैन।”
प्रतिक्रिया दिनुहोस्