बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र? : प्रधानन्यायाधीश जबरा
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज संवैधानिक इजलासमा सरकारको तर्फबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गरिरहेका वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलाई बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र? भनी प्रश्न गरेका छन्। जवाफमा महतोले भने, “एमालेका संसदीय दलका नेता ओलीले मुलुक हाँकिरहेका छन्, उहाँलाई उहाँकै दलका सांसदले हटाएर संसदीय व्यवस्थामा अर्काे दलको नेता देउवालाई समर्थन गर्न सक्दैनन् श्रीमान्।”
प्रतिक्रिया दिनुहोस्