विद्यार्थीको पिसिआर परीक्षण, सङ्क्रमित परीक्षार्थीलाई यातायात र क्वारेन्टाईनको व्यवस्था गर – विवेकशील साझा
काठमाडौं। विवेकशील साझा पार्टीको युवा संगठनले एमबिबिएसलगायत सबै प्रवेश परीक्षामा विद्यार्थीको पिसिआर परीक्षण, सङ्क्रमित परीक्षार्थीको लागि यातायात र स्वस्थ क्वारेन्टाईनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विद्यार्थीको पिसिआर परीक्षण निःशुल्क गर्नसमेत संगठनले माग गरेको छ। साथै नयाँ शैक्षिक सत्रका कक्षाहरू सुरु हुन गइरहेको अवस्थामा हामी मुलुकभरीका सम्पूर्ण विद्यार्थीहरू तथा शिक्षकहरूका निम्ति छिटोभन्दा छिटो भ्याक्सिनको व्यवस्था गर्नसमेत जोडदार माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्