‘चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान’ काठमाडौं। नेपाली कांग्रेसले ‘फ्रन्टलाइनर’को सम्मानमा अनुमति लिएर बनाइएका चित्रहरु नष्ट गर्नु कला र कलाकारको अपमान भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दासमेत गरेका छन्। “महामारीमा फ्रन्टलाइनमा संघर्षरत योद्धाहरुको कदर गर्दै कसैले पनि कुनै पनि तरिकाले सम्मान प्रकट गर्दा त्यसलाई सह्राहना गरिनुपर्दछ। त्यस विपरीतको व्यवहार निन्दनीय हुन्छ,” विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्