आज एमाले केन्द्रीय कमिटीको बैठक, नेपाल पक्ष सहभागी नहुने काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ।बुधबार बसेको बैठकले महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह भने सहभागी नहुने भएको छ। नेपाल समूहको बैठकले शुक्रबार बोलाइएको बैठक अवैध भएको निष्कर्ष निकाल्दै सहभागी नहुने निर्णय गरेको थियो। पूर्वमाओवादीका नेताहरूलाई समेटेर केन्द्रीय कमिटी बनाएपछि नेपाल पक्ष बैठकमा सहभागी नहुने अडानमा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्