केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष गएन
काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष अनुपस्थित भएको छ। आज बालुवाटरमा आयोजित कमिटीको बैठकमा माधव नेपाल समूह सहभागि नभएकाे हो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन कमिटी खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाएपनि माधव नेपाल समूह अनुपस्थित भएको हो। यद्यपि यसअघि अनुपस्थित रहँदै आएका वामदेव गौतम भने आज उपस्थित बनेका छन्।
प्रतिक्रिया दिनुहोस्