![](https://www.dekhapadhi.com/uploads/posts/1624868713.KP oli.jpg)
बालुवाटारमा सुरु भयो एमाले केन्द्रीय कमिटी बैठक, माधव नेपाल समूह गएन
काठमाडौं।नेकपा(एमाले)को केन्द्रीय कमिटिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि पुगेका छन्।बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी भएका छैनन्।नेपाल समूहले अझै अध्यक्ष केपी शर्मा ओलीसँग केही कुरामा छलफल गर्न बाँकी रहेको जनाउँदै आजको बैठक बहिष्कार गरेको हो। पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउन पर्ने माग नेपाल पक्षले राख्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्