पुष्पकमल दाहाल भन्छन्– द्वन्द्वमा मारिएका १७ हजारको जिम्मा लिन्न (भिडिओसहित)
<p>काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले एक दशक लामो हिंसात्मक विद्रोहमा मारिएका १७ हजार नेपालीको दोष आफूमाथि थोपर्नु न्यायोचित नहुने जिकिर गरेका छन्। </p>
<p>आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले द्वन्द्वमा मारिएका मध्ये ५ हजारको मात्रै जिम्मेवारी लिने बताए।</p>
<p>थारु समुदायको मुख्य पर्व माघीका अवसरमा आयोजित कार्यक्रममा दाहालले भने, ''द्वन्द्वमा मारिएका ५ हजारको जिम्मा म लिन्छु। त्यसबेलाका शोषक सामन्तले मारेका १२ हजार जनाको दोष पनि मैलाई दिनु न्यायोचित हुँदैन।''</p>
<p><iframe frameborder="0" height="590" scrolling="no" src="https://www.youtube.com/embed/9zhgaLTARGo" width="1080"></iframe></p>
प्रतिक्रिया दिनुहोस्