नेपालबाट जाने २ अर्ब घनमिटर पानी हाम्रो आवश्यकता पूरा भएपछि मात्र बगेर जान दिनुपर्छः प्रधानमन्त्री ओली काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानी पर्याप्त भएको जनाउँदै भरपुर प्रयोग भएपछि मात्र बगेर जानदिनु पर्ने बताएका छन्।नेपाल विद्युत प्राधिकरणको समुन्द्रटार त्रिशुली ३बी हब १३२ केभी प्रसारण लाइन र सबस्टेसनको उद्घाटन गर्दै उनले भने,“नेपालबाट वार्षिक २ अर्ब घनमिटर पानी बगेर जान्छ।हामीले लिनुपर्ने फाइदाहरु लिएपछि यो पानी बगेर जाहोस्।”सिँचाई,उर्जा उत्पान,ताल तलैयामा प्रयोग भएपछि मात्र पानीलाई बगेर जानदिनु पर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्