असारभित्र पार्टी सदस्यता नवीकरण गर्न एमालेको प्रस्ताव
रासस। नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कमिटी १३औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५गते नवीकरण गरिएको विवरण केन्द्रमा पठाउने प्रस्ताव गरे। पार्टी विधानअनुसार आगामी वैशाखभित्र पार्टीको १० औँ महाधिवेशन गर्नुपर्ने अनिवार्य व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्