एमाले बैठक सम्पन्न, पाँचबुँदे सङ्गठनात्मक प्रस्ताव पारित रासस। नेकपा (एमाले)को केन्द्रीय कमिटीको १३औँ बैठक सम्पन्न भएको छ। आजको बैठक पार्टीको साङ्गठनिक कामकारबाहीको विषयमा केन्द्रित भएको एमालेले जनाएको छ। बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले पाँचबुँदे साङ्गठनिक योजना पेश गरेका थिए। बैठकले महासचिव पोखरेलले पेश गरेको साङ्गठिन योजना पारित गरेको छ। जसअन्तर्गत असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गराइसक्नुपर्ने, साउन ५ गतेभित्र त्यसको अभिलेख राख्नुपर्ने लगायतका प्रस्ताव पेश भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्