संसद विघटनसम्बन्धी मुद्दामा आज सभामुखका वकिलको बहस काठमाडाैं।प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज सभामुखका वकिलले बहस गर्नेछन्।इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना कानुन व्यवसायीले बहस गर्नेछन्। सभामुखका कानुन व्यवसायीको बहसपछि निवेदकका तर्फबाट जवाफ दिने कार्यसूची छ। जवाफी बहस सकिएपछि सर्वोच्च बार र नेपाल बारका तर्फबाट गएका एमिकस क्यूरीले बहस गर्नेछन्। सो बहससँगै प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाईका लागि छुट्याइएको ३२ घण्टा बहसको समय सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्