माधव नेपाललाई मनाउन एमाले वार्ता टोली नेपाल निवासमा काठमाडौं।पार्टी एकताका सम्बन्धमा सहमतिका लागि एमालेका वार्ता टोलीका सदस्य नेता माधवकुमार निवास पुगेका छन्।पछिल्लो समय छलफल र सहमतिको प्रयासमा रहेका नेताहरु नेपाल निवास पुगेका हुन्।नेपाल निवासमा ओली पक्षका शंकर पोखरेल,सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल तथा नेपाल पक्षका घनश्याम भुसाल,सुरेन्द्र पाण्डे र भीम आचार्य गएका हुन्।एमालेको केन्द्रीय कमिटीको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको समय दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्