बागमती प्रदेशसभाको बैठक सारियो काठमाडौं।बागमती प्रदेशसभाको आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेलाई सारिएको छ।बजेट विनियोजित शीर्षकमा छलफलका लागि सत्तारुढ दल र प्रतिपक्षबीच सहमति कायम गर्ने उद्देश्यले बैठक सारिएको बताइएको छ।शनिबार बसेको प्रदेशसभाको बैठकमा प्रतिपक्ष दलहरुले बजेट तथा योजना बाँडफाँटमा पक्षपात र सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै बैठक सञ्चालनमा अवरोध पुर्‍याइएका थिए।प्रतिपक्ष दलले बाढीपहिरो पीडितलाई तत्काल राहत वितरण नगरेको आरोप लगाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्