सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्नेलाई प्रधानन्याधिसको प्रश्न– अदालतले यो अभ्यास गर्न राम्रो हुन्छ?
काठमाडौं। प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा बहस गर्ने क्रममा केही अधिवक्ताहरुले आज सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने तर्क गरेका थिए। प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले इजलासमा प्रश्न सोधे,“१४६ जना यहाँ उपस्थित भयौंँ,अदालतले प्रमाणीकरण गरिदिए हुन्छ भन्ने तर्क आयो, अदालतले यो अभ्यास गर्न राम्रो हुन्छ?”अधिवक्ता मेघराज पोखरेलले भने,“अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नु भनेर अदालतले अभ्यास गर्न मिल्छ?”
प्रतिक्रिया दिनुहोस्