सभामुखका वकिललाई प्रधान्याधीशको प्रश्न– पुनःस्थापित प्रतिनिधिसभाले सरकार दिन सकेन भने संसद्को अवधि के हुन्छ? काठमाडौं। प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक इजलासमा प्रश्न गरे,“पुनःस्थापित प्रतिनिधिसभाले पनि सरकार दिन सकेन, फेरि विघटन भयो भने संसद्को कार्यकाल तोकिएको अवधि पाँच वर्ष (फिक्स टर्म पार्लियामेन्ट)के हुन्छ?” प्रतिनिधिसभा विघटन मुद्दामा चलिरहेको बहसका क्रममा उनले सो प्रश्न सभामुखको तर्फबाट आज बहस गरेका अभिवक्ता मेघराज पोखरेललाई सोधेका हुन्। जवाफमा पोखरेलले संविधानको धारा ७६(५)अनुसार सरकार बन्ने दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्