लोकतन्त्रको हत्या गर्ने नाटकले रचिएको निर्वाचन लोकतान्त्रिक हुन सक्दैनः श्रेष्ठ काठमाडौं।राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले संविधानलाई मार्न लोकतन्त्रको हत्या गर्न निर्वाचनको नाटक रचिन्छ भने यो लोकतान्त्रिक नहुने बताएका छन्। राष्ट्रियसभाको बैठकमा उनले संविधानसम्मत र लोकतन्त्रको अभिन्न अंगको रुपमा निर्वाचन हुँदामात्र लोकतन्त्र सुदृढ हुने बताए। “त्यसो त ज्ञानेन्द्रले पनि चुनावको घोषणा गरे थिए। हामीले भाग लियौं। त्यति थाहा हुँदाहुँदै पनि संविधान र लोकतन्त्रको हत्या गर्ने गरी निर्वाचनको कुरा गर्न सकिन्न’, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्