नारायणकाजी श्रेष्ठ भन्छन, ‘प्रधानमन्त्रीले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरे’ काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली विदेशी हस्तक्षेप स्वीकार मात्र नगरी आमन्त्रण गरेको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी गरेको बताए। “विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पु¥याउनु भएको छ। यो क्षम्य छैन”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्