संवैधानिक इजालसमा प्रधानन्यायाधीशको प्रश्नः एमाले बाहेकको वैकल्पिक सरकार बन्न सक्छ?
काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेकपा(एमाले)बाहेक वैकल्पिक सरकार बन्न सक्ने अवस्था भए वा नभएको प्रश्न संवैधानिक इजलासमा गरेका छन्। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सुनुवाईका क्रममा उनले भने,“संविधानको धारा७६(५)को व्यवस्था प्रधानमन्त्री नियुक्तिका लागि मात्र हो कि अरु पनि छ? एमालेबाहेकको वैकल्पिक सरकार बन्नसक्ने अवस्था छ?”जवाफमा वरिष्ठ अधिवक्ता हरिहर दाहालले भने,“अहिले कांग्रेसको मात्र छैन, माओवादी, जनमोर्चा छ, एमालेकै मानिसले वैकल्पिक सरकार बनाउने भनेका छन्।”
प्रतिक्रिया दिनुहोस्