एमिकस क्यूरीमा वैद्यको तर्क, 'विश्वासको मत गुमाएका प्रधानमन्त्रीको विश्वासको आधार राष्ट्रपतिले खोज्नुपर्छ'
काठमाडौं। संवैधानिक इजलासमा एमिकस क्यूरीको तर्फबाट बहस सुरु भएको छ। बहसमा वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले विश्वासको मत नपाएर अस्वीकृत भइसकेको अवस्थामा फेरि प्रधानमन्त्री नियुक्त गर्न पाइन्छ भनेर संविधानले नभनेको उल्लेख गरे। उनले धारा ७६(३) अनुसार पुनः केपी शर्मा ओलीलाई गरेको नियुक्ति असंवैधानिक भएको वैद्यलेको जिकिर गरे। उनले विश्वासको मत गुमाएका प्रधानमन्त्रीको विश्वासको आधार राष्ट्रपतिले खोज्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्