माओवादी र कांग्रेस सांसदको अवरोधका कारण बागमती प्रदेशसभा बैठक अवरुद्ध काठमाडौं। बागमती प्रदेशसभाको आज बसेको पहिलो बैठक माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदको अवरोधका कारण अवरुद्ध भएको छ। बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले बजेट देश र जनताको हितमा नभएकोले मुख्यमन्त्री डोरमणि पौडेलसँग बसेर वार्ताबाट निकास नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएका थिए। त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्