प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्वतः पदमुक्त हुन्छः वरिष्ठ अधिवक्ता राघवलाल वैद्य
काठमाडौं। वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले संसदमा एकपटक विश्वासको मत नपाएपछि प्रधानमन्त्री स्वतः पदमुक्त हुने तर्क गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा आज संवैधानिक इजलासमा एमिकस क्युरी (अदालतका सहयोगी)का तर्फबाट बहस गर्दै उनले भने, “वैैशाख ३० गते संसद्को ठूलो दलको नेताका रुपमा दिइएको नियुक्तिमा प्रश्न छ, विश्वासको मत नपाएकाले फेरि सरकार गठन गर्नका लागि ५मा जाऊँ भनेको होइन्।”
प्रतिक्रिया दिनुहोस्