सपथसम्बन्धि अध्यादेश जारी गर्नु राष्ट्रपतिको असंवैधानिक काम होः देवकोटा काठमाडौं। राष्ट्रियसभा सदस्य डा.खिमलाल देवकोटाले संविधानप्रति सरकारको विश्वास नरहेको स्पष्ट भएको बताएका छन्। राष्ट्रियसभा बैठकमा उनले सपथसम्बन्धि अध्यादेश ल्याउनुबाट सरकारको संविधानप्रति विश्वास नभएको स्पष्ट भएको बताए। “अघिल्लो दिन गलत शपथ लिएकोमा भोलिपल्ट सच्याएर सपथ लिन लगाउनुपर्नेमा राष्ट्रपतिले सपथसम्बन्धि अध्यादेश जारी गर्नुभयो। यो संविधान विपरित काम हो। राष्ट्रपतिको यो कदमले संविधानको संरक्षण र सम्वद्र्धन हुन सक्दैन”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्