संवैधानिक इजलासमा एमिकस क्यूरी पाठकको तर्क, ‘अबको विकल्प चुनाव नै हो’
काठमाडौं। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमिकस क्युरी उषा मल्ल पाठकले अबको विकल्प निर्वाचन नै भएको बताएकी छन्। सोमबार इजलासमा धारणा राख्दै उनले संसद विघटन संविधानअनुसार नै भएको दाबी गरिन्। संविधानको धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दाबी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको उनको तर्क छ। पाठक नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी हुन्।
प्रतिक्रिया दिनुहोस्