मिल्ला त प्रचण्डको दोस्रो भविष्यवाणी? काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने दाबी गरेका छन्। सर्वोच्च अदालतमा बहस सकिएको अर्को दिन पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली अर्पण गर्न जनकपुर पुगेका दाहालले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्ने बताएका हुन्। यसअघि असार ७गते चितवन जाने क्रममा धादिङमा कार्यकर्तासँगको कुराकानीमा मन्त्रिपरिषद् पुर्नगठनका सम्बन्धमा बोल्दै मन्त्रीहरुको पद जाने बताएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्