निर्वाचन आयोगले इजलासमार्फत जसपाको आधिकारिकता टुंग्याउने
रासस। राष्ट्रिय निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता इजलासमार्फत टुंग्याउने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले नेतृत्व गरेको समूह र अर्का अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गरेको समूहले निर्वाचन आयोगमा आधिकारिकतालाई लागि दिएको निवेदनमा केही समयअघि दुवै समूहलाई आधिकारिकता दिइएको थिएन्। पछि दुवै समूहले आधिकारिकता दावी गर्दै आयोगलाई थप ध्यानाकर्षण गराएका थिए।
प्रतिक्रिया दिनुहोस्