यी हुन् एमालेले सहमतिको खाका बनाएका ५ विषय
काठमाडौं।एमालेका नेता एवम् कार्यदलका सदस्य गोकर्ण विष्टले पार्टी एक हुँदै अघि बढ्ने विश्वास व्यक्त गरे।बुधबारको बैठकपछि विष्टले भने–विषयलाई सांकेतिक हिसाबले भन्न चाहन्छु,अदालतको फैसला मुताबिक पूर्ववत अवस्थामा पुर्याएर पार्टीलाई क्रियाशील बनाउने,केन्द्रीय कमिटिको सङ्ख्याको विवादमा समाधान खोज्ने,माओवादीबाट आएका व्यक्तिलाई व्यवस्थापन गर्ने र प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दामा परेको समाधान खोज्ने गरी जुन भाषामा समाधान खोज्नुपर्ने थियो त्यसमा नजिक आएका छौं।
प्रतिक्रिया दिनुहोस्