राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवको आरोप, 'सरकारको कुटनीतिक कमजोरीका कारण खोप आएन'
काठमाडौं। नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण कोरोनाको खोप आउन नसकेको आरोप लगाएका छन्। राष्ट्रियसभाको बैठकमा उनले भने,“कुटनीतिक प्रयासहरु फेल भएकोे छ। यो कसरी भयो र किन फेल भयो? ती देश र ती कम्पनीहरु संगको नेपालको सम्बन्ध किन चिसो भयो? नेपालको सरकारसंग किन डिल गर्न चाहेनन्। दक्षिण एशियाका चारवटा देशहरुले ल्याउन सफल भए नेपालले ल्याउन सकेन।”
प्रतिक्रिया दिनुहोस्