तामाको भाडामा पकाउने रक्सि ब्राण्डिङ हुन्छ: मन्त्री राई विराटनगर। प्रदेश–१ की सामाजिक विकासमन्त्री उषाकला राईले तामाको भाडामा उत्पादन गरिएका कोदोको लोकल रक्सी ब्राण्डिङ गर्ने बताएकी छन्। बुधबार प्रदेशसभामा बजेटमाथिको छलफलका क्रममा उनले भनिन्, “सिल्भरको भाडामा होइन, कुनै अरु धातुमा होइन, आफ्नो प्रविधि, संस्कृति, कलालाई वैज्ञानिककरण गरेर तामाको भााडामा जडिबुटिसहित कोदोको बनाएको रक्सीलाई ब्राण्डिङ गर्ने हो। यसलाई वैज्ञानिक ढंगले अघि बढाउने हो।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्