एमाले एकताका लागि जे हुनुपर्ने त्यही भइरहेको छ : नेता नेम्वाङ काठमाडौं। नेकपा एमालेका नेता एवं ओली पक्षका कार्यदल संयोदक सुवास चन्द्र नेम्वाङले पार्टी एकताका लागि जे जस्तो छलफल हुनुपर्ने त्यही तरिकाले छलफल भइरहेको र आजै सहमति गर्ने तयारी रहेको बताएका छन्। आजको कार्यदलको बैठक स्थगित भएपछि उनले छलफल सकारात्मक भएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे। “संयुक्त विज्ञप्ति त एउटा सानो कुरा हो। हामी पार्टीलाई एक बनाउन लागिरहेका छौं”,उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्