एमाले विवाद समाधान कार्यदलका दुवै पक्ष आन्तरिक छलफलमा
काठमाडौं। एमालेको विवाद समाधान गर्न गठित कार्यदलको ओली र नेपाल दुवै पक्ष आन्तरिक छलफलमा जुट्ने भएका छन्। बिहीबार दिउँसो करिब १ घण्टा छलफलमा जुटेको कार्यदलल पुनः आन्तरिक छलफल गर्ने भन्दै बैठकबाट निस्किएका हुन्। आन्तरिक छलफल गरेर साँझ ७ बजे पुनः बैठक बस्ने नेताहरुले बताएका हुन्। सकेसम्म आजै पार्टीमा देखिएको विवाद समाधानसहित निष्कर्षमा पुग्ने तयारी रहेको कार्यदलका सदस्यहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्