नेपाल पक्षीय नेता भन्छन्, ‘एमाले एकता अन्तिम चरणमा पुग्यो’ काठमाडौं। एमाले कार्यदल सदस्य गोकर्ण विष्टले छलफल सकारात्मक बन्दै गएको र साँझको बैठकले सहमतिलाई औपचारीकतामा परिणत गर्ने विश्वास व्यक्त गरेका छन्। बिहीबार बिहान बसेको बैठकपछि उनले विवाद समाधानको बिन्दुमा आइपुगेको र अब निष्कर्षमा पुग्न धेरै समय नलाग्ने बताए। “हामी समाधानको बिन्दुमा आएका छौँ। प्रगति भएको छ। असहमती रहेको कुराहरुमा टुंगोमा पुगिरहेका छौँ। आज बेलुका धेरै हदसम्म समाधान खोज्छौँ”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्