जसपाको आधिकारिता हामीले पाउनेमा ढुक्क छौं: नेता कर्ण
काठमाडौं। विभाजन उन्मुख जनता समाजवादी पार्टी (जसपा)का दुई समूह अहिले दलको आधिकारितामा पाउने दाबी गरिरहेका छन् । यसैबीच पार्टीका अध्यक्ष महन्थ ठाकुर समूहका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले दलको आधिकारिता आफूहरुले नै पाउने दाबी गरेका छन् । आफूहरुसँग कार्यकारिणी सदस्यहरुको बहुमत भएकाले इजलासको फैसला आफ्नो पक्षमा हुने कर्णले बताए । पार्टीका पदाधिकारीहरुलाई निर्वाचन आयोगले साउन ३ गते बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्