पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गरौंः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्ता मै विद्धान तयार गर्न नसकिने बताएका छन्। बिहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पूर्वजहरूले कयौं परम्परागत ज्ञान दिएर छोडेकाले अनुसरण गर्दै अघि बढ्न सके मात्रै विषय विज्ञता हासिल गर्न सकिने उल्लेख गरे । उनले पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नयाँ आविष्कार गर्नु मानवीय श्रेष्ठता भएको बताए ।
प्रतिक्रिया दिनुहोस्