इन्धनको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनहरुको सिठ्ठी जुलुस
काठमाडौं। पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरुले सिठ्ठी जुलुस निकालेका छन्। बिहानै नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएका उनीहरुले दिउँसो माइतीघरदेखि बिजुलीबजार पूलसम्म सिठ्ठी जुलुस निकालेका थिए। आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले पूर्वनिर्धारित कार्यक्रमअनुसार राजधानीसँगै बिहीबार ७७ वटै जिल्लामा जुलुस निकालेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए। विद्यार्थीहरुले महंगी र भ्रष्टाचारको विरोध गरेका थिए।
प्रतिक्रिया दिनुहोस्