सर्वोच्चलाई राष्ट्रपति कार्यालयको जवाफ– मन्त्रिपरिषद् विस्तारसम्बन्धी कार्यमा राष्ट्रपतिको भूमिका संविधानसम्मत काठमाडौं। राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् विस्तारसम्बन्धी कार्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानबमोजिमकै भूमिका निर्वाह गरेको जनाएको छ। राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद् हेरफेर विरुद्धको मुद्दामा शुक्रवार सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै संविधानको धारा ६६(२) बमोजिम नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्रीपरिषद्को नियुक्ति, हेरफेर र कार्य विभाजन गरेको दाबी गरेको हो। जवाफमा राष्ट्रपतिले गरेको कामबारे अदालतमा मुद्दा नलाग्ने संविधानमा व्यवस्था रहेकोसमेत उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्