इन्धनको मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनद्वारा थप आन्दोलनको घोषणा
काठमाडौं। इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले आइतबार देशभर शंख जुलुस गर्ने, पेट्रोलियम व्यवसायीहरुसँग छलफल गर्ने र मूल्यवृद्धि फिर्ता नभए देशभरका पेट्रोलपम्प र इन्धन बोक्ने ट्यांकर चल्न नदिने र मौलिक हक कार्यान्वयनका लागि प्रमुख दलका नेताहरूबाट प्रतिबद्धता जाहेर गराउने निर्णय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्