सहमतिलाई अन्तिम रुप दिन एमाले कार्यदलको बैठक बस्दै
काठमाडौं। पार्टी विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक आजपनि बस्ने भएको छ। हिजो भएको सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो। हिजो बैठकस्थलबाट बाहिरिँदै नेताहरुले धेरै विषय सहमति नजिक पुगेको र केही भाषा मिलाउन बाँकी रहेकाले आज पुनःबैठक बस्ने बताएका थिए। स्रोतकाअनुसार सर्वोच्च अदालतको फैसलालाई कसरी लिने र वरिष्ठ नेता माधवकुमार नेपालको व्यवस्थापनका विषयमा सहमति जुट्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस्