प्रधानमन्त्री ओलीद्वारा बढीपहिरो प्रभावित हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकन गरेका छन्। उनी हेलिकप्टरबाट त्यस क्षेत्रको अवलोकनमा गएका हुन्। उनले पहिले हेलम्बु र त्यपछि मेलम्चीको अवलोकन गरेको जनाइएको छ। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने बताइएको छ। उनले मेलम्ची आयोजना मुख्य सुरुङको हवाई निरीक्षण गर्ने पनि कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्