पार्टी एकताबारे छिट्टै निष्कर्षमा पुग्दैछौं: भीम रावल
काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलको शनिवारको बैठक पनि सहमतिको अन्तिम निष्कर्ष निकाल्न चुकेको छ। कार्यदलका संयोजक भीम रावलले भने पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने बताए। हिजोको बैठकपछि नेताहरूले सहमति जुटेको र शनिबारको बैठकपछि अन्तिम दस्ताबेज सार्वजनिक गर्ने बताएका थिए। शनिबार निर्धारित समयमा माधव पक्षका नेताहरूले माधव नेपालसँग छलफल गर्न गएपछि बैठक ढिला गरी सुरु भएको थियो।
प्रतिक्रिया दिनुहोस्