भोलि बिहान ८ बजे सहमतिको दस्ताबेज सार्वजनिक गर्छौं: नेम्वाङ काठमाडौं। पार्टी विवाद समाधान गर्न गठित एमाले कार्यदलका संयोजक सुवास नेम्वाङले बैठकले असहमतिका सबै विषय टुंग्याएको बताए। भोलि बिहान ८ बजे सुखद समाचार सुन्न पाइने बताउँदै उनले ठूलो मिहिनेत र सबैको शुभेच्छाले एकता टुंगोमा पुगेको बताए। तीन वर्ष पुरानो पार्टी विवाद केही दिनको बैठकले टुंगो लगाउँदा ढिलो भएको भन्न नमिल्ने उनको तर्क छ। बैठक भोली बिहान ८ बजे पनि बस्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्