अन्तिम सहमति जुटाउन एमाले कार्यदलको बैठक बस्दै काठमाडौं।पार्टीभित्रको विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक केहिबेरमा बस्दैछ। शनिबार सहमतिको अन्तिम खाका तयार गर्न नसकेपछि आजपनि बैठक बस्न लागेको हो। नेताहरूले कार्यदलमा शुक्रबार नै सहमति जुटिसकेकाले शनिबार त्यसलाई अन्तिम रूप दिने दाबी गरेपनि सफल भएन। आजको बैठकले कार्यदलले तयार पारेको सहमतिको मस्यौदामाथि अन्तिम छलफल गरी निष्कर्ष दिने जनाइएको छ। कार्यदलका सदस्यहरुले सहमतिबारे शुक्रबारै शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्