एमाले कार्यदलको बैठक जारी, आजै सहमतिमा हस्ताक्षरको तयारी काठमाडौं। पार्टी विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक सिंहदरवारमा जारी छ। बैठकअघि शनिबार तयार पारेको सहमतिको मस्यौदामाथि सहमति जुटाउन माधव नेपाल समूहका कार्यदल सदस्यहरु नेपाल निवास कोटेश्वर पुगेका थिए। नेता नेपालले केही शब्दावलीमा आपत्ति जनाएपछि त्यसमा सहमतिका लागि अहिले बैठक बसिरहेको छ। कार्यदलले आजै सहमतिको अन्तिम मस्यौदामा हस्ताक्षर गरी स्थायी समितिमा पेश गर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्