डा. भट्टराई भन्छन्, वायुसेवा निगम निजी क्षेत्रलाई जिम्मा लगाउने काम घृणित र निन्दनीय काठमाडौं। जसपाका नेता डा बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कार्य निन्दनीय र घृणित भएको टिप्पणी गरेका छन्। एक विज्ञप्ति जारी गर्दै भट्टराईले निगमलाई नयाँ कम्पनी दर्ता गर्ने र शतप्रतिशत शेयर निजी क्षेत्रलाई जिम्मा लगाउने गरी वर्तमान सरकारले गरेको प्रपञ्च अत्यन्त निन्दनीय र घृणित रहेको बताएका छन्। निजीकरणको नाममा आफ्ना निकटस्थ दलालहरुलाई बिक्रि गर्ने षड्यन्त्र भइरहेको उनको आरोप छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्