भ्याक्सिनको अभाव भएर कोही पनि तड्पिनु पर्दैैन : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै जनतालाई कोभिडविरुद्धको खोप लगाइने बताएका छन्। कोभिड १९ युनिफाईड केन्द्रीय अस्पताल (वीर अस्पताल)को सर्जिकल भवनको आइतबार उद्घाटन गर्दै उनले त्यसका लागि सरकारले प्रयास अघि बढाइसकिएको बताए। सरकारले जनताको जीवनलाई सर्वाधिक महत्व दिएको र जनताको जीवन नै राष्ट्रको सबैभन्दा ठूलो प्राथमिक महत्व भएकोले भ्याक्सिनका लागि कोही पनि तड्पनु नपर्ने प्रधानमन्त्रीको भनाई थियो।
प्रतिक्रिया दिनुहोस्